काठमाडौं । अखिल नेपाल फुटाल संघ (एन्फा) को आयोजनामा जारी यू-१६ लिग अन्तर्गत आज दोस्रो चरणका चार खेल हुँदैछ ।
आज हुने पहिलो खेलमा मनाङ मर्याङदी क्लबले मछिन्द्र क्लबसँग खेल्नेछ ।
यो खेल च्यासल मैदानमा दिउँसो १ बजेबाट सुरु हुनेछ । मनाङ आफ्नो पहिलो खेलमा नेपाल पुलिस क्लसँग १-२ गोलले पराजित भएको थियो भने मछिन्द्रले एफसी खुमलटारलाई ६-१ को फराकिलो गोल अन्तरले पराजित गरेको थियो ।
दोस्रो खेल विभागिय ड्रबीमा नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लब एन्फा मुख्यालयमा दिउँसो २ बजे भिड्नेछन् ।
एपीएफले संकटा र पुलिसले मनाङलाई समान २-१ गोल अन्तरले पराजित गरेका थिए । आजको खेलमा दुबै टोली दोस्रो जितको खोजिमा हुनेछन् ।
तेस्रो खेलमा त्रिभिुवन अर्मी क्लले फ्रेन्ड्स क्लबसँग सल्लाघारी भक्तपुरमा दिउँसो ३ बजे खेल्नेछ ।
आफ्नो पहिलो खेलमा एनआटीसँग ५-१ गोलले पराजित भएको आर्मीले बढी उमेरका खेलाडी खेलाएको मन्दै एन्फामा उजुरी हालेको थियो ।
छानबिनको क्रममा एनआरटीले बढी उमेरको खेलाडी मैदान उतारेको पाइएको एन्फाले जनाएको छ।
एन्फाले कारबाहीस्वरूप एनआरटीले जोडेको तीन अंक खोसेको छ।उक्त खेलमा एन्फाले आर्मी ३-० गोलअन्तरले विजयी भएको घोषणा गरेको छ।
यस्तै, आफ्नो पहिलो खेलमा चर्च ब्वाइज युनाईडेलाई २-० ले पराजित गरेको फ्रेन्ड्स क्लब आज पनि सोहि लय दोहोर्याउने दाउमा रहेको छ ।
यस्तै दोस्रो चरणको अन्तिम खेलमा एफी खुमलटारले न्यूरो टिम (एनआरटी) सँग खेल्नेछ । यो खेल च्यासल रंगशालामा दिउँसो ४ बजेबाट सुरु हुनेछ ।
पहिलो खेलमा मछिन्द्रसँग ६-१ गोलको पराहिलो हार ब्यहोरेको खुमलटार आजको खेलमा जित निकाल्दै पहिलो खेलको पराजय भुलाउने योजनामा हुनेछ ।
अब, तेस्रो चराण्का खेलहरु अर्को साता बिहिबारबाट सुरु हुने एन्फाले जनाएको छ ।



