काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा गत साताबाट सुरु भएको एन्फन यू-१६ लिगमा आज एक मात्रै सम्पन्न भएको छ ।
आज भएको एक मात्र खेलमा नेपाल पुलिस क्लब र एपिएफ एकेडेमीले २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
खेलमा २-० गोलले पछि परेको एपीएफले पूनरागमन गर्दै खेल बराबरीमा रोकेको हो ।
पहिलो हाफको १६औं र २५औं मिनेटमा नविन ओलीले गोल गर्दै पुलिसलाई पहिलो हाफभरि २-० गोलको अग्रता दिलाए तर, दोस्रो हाफमा पुलिस सम्हालीन सकेन् ।
खेलको ४९औं मिनेटमा रोहित गोलले एपीएफका लागि गोल गर्दै खेल २-१ को अबस्थामा ल्याए । त्यसपछि पुन: रोहितले खेलको ६१औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै खेल २-२ गोलको बराबरी अबस्थामा ल्याए ।
त्यसपछि बाँकी समय थप गोल नहुँदा दुबै टोलीले १/१ अंक बाडे ।
यस्तै आजै च्यासल रंगशालामा १ बजेका लागि तय भएको मछिन्द्रविरुद्धको खेलका लागि मनाङ उपस्थित भएन । च्यसालमै खुमलटारविरुद्धको खेलमा एनआरटी उपस्थित भएन । फ्रेन्ड्स पनि लगनखेलमा आर्मीविरुद्ध खेल्नका लागि मैदान उत्रिएन ।
एनआटरीले शनिबार बिहान एकविज्ञप्ति निकाल्दै यू-१६ लिगका बाँकी खेल नखेल्ने बताएको थियो । ‘हामीले सरकारी कार्यालयको सबै कागजात बुझाएका छौं । एन्फाले कुनै प्रक्रिया अगाडी बढाएन,’ विज्ञप्तिमा भनेको छ ।
पहिलो चरणमा एनआरटीले विभागीय टोली त्रिभुवन आर्मी क्लबविरुद्ध ५-१ को जित निकालेको थियो । तर, उमेर हद नियमावली मिचेर खेलाडी खेलाएको भन्दै आर्मीले एनआरटीविरुद्ध एन्फालाई उजुरी दिएको थियो ।
आर्मीको उजरीपछि एन्फाले एनआरटीलाई कारबाही गर्यो । बढि उमेरको खेलाडी खेलाएको ठहर गर्दै एन्फाले एनआरटीको तीन अंक घटाउने र एमआरआई गर्दाको शुल्क र थप १० हजार जरिवाना गर्ने निर्णय गरेको थियो ।



