शुक्रबार, श्रावण २९ गते २०८३
images
images

महिला विश्वकप : अमेरिका, जापान र इङल्यान्डको विजयी सुरुवात

एक्सप्रेस पाना
श्रावण ६, २०८० शनिबार
  • 351
    SHARES
  • महिला विश्वकप : अमेरिका, जापान र इङल्यान्डको विजयी सुरुवात

    काठमाडौँ । फिफा महिला विश्वकप फुटबल अन्तर्गत अमेरिका, जापान र इङल्यान्डले विजयी शुरुवात गरेको छ ।

    images

    शनिबार विहान सम्पन्न खेलमा अमेरिकाले भियतनामलाई ३-० गोल अन्तरले पराजित गरेको हो । अमेरिकाको जितमा सोफिया स्मिथले दुई गोल गरेकी थिइन् भने लिन्डसे होरानले एक गोल गरेकी थिइन् ।

    यो जितसँगै अमेरिकाले समुह ई मा महत्वपूर्ण ३ अंक हासिल गरेको छ । समुह ई मा अमेरिका र भियतनामका अलावा नेदरल्याण्डस र पोर्चुगल पनि रहेका छन् । 

    images

    यस्तै शनिबार नै भएको खेलमा जापानले जाम्बियालाई ५-० गोल अन्तरले पराजित गर्दै विश्वकपमा शानदार शुरुवात गरेको हो ।

    जापानको जितमा हिनाता मियाजावाले दुई गोल गरेकी थिइन् भने मिना तानाका, जुन एन्डो र रिको उएकीले एक एक गोल गरेका थिए ।

    यो जितसँगै जापानले महत्वपूर्ण ३ अंक हासिल गर्दै समुह सी मा शिर्ष स्थानमा रहेको छ । समुह सी मा स्पेनले पनि आफ्नो पहिलो खेल जितेर ३ अंक हासिल गरेको छ । त्यस्तै यस समुहमा कोस्टा रिका र जाम्बियाले पहिलो खेलमा हार बेहोरेका छन् ।

    शनिबार नै सम्पन्न खेलमा इङल्यान्डले हैटीलाई १-० गोलको कठिन जित निकालेको छ ।

    इङल्यान्डको जितमा खेलको २९औं मिनेटमा जर्जिना स्टानवेले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

    यो जितसँगै समुह डी मा रहेको इङल्यान्डले महत्वपूर्ण ३ अंक हासिल गरेको छ । यस समुहमा इङल्याण्ड र हैटीका अलावा चीन र डेनमार्क पनि रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # महिला विश्वकप