शनिबार, आश्विन २४ गते २०८३
images

महिला विश्वकप : दक्षिण अफ्रिकाविरुद्ध स्वीडेनको पुनरागमन जित

एक्सप्रेस पाना
श्रावण ७, २०८० आइतबार
  • 332
    SHARES
  • महिला विश्वकप : दक्षिण अफ्रिकाविरुद्ध स्वीडेनको पुनरागमन जित

    काठमाडौँ । न्यूजिल्यान्डको वालिङटजन क्षेत्रीय रंगशालामा स्वीडेनले फिफा महिला विश्वकपमा पुनरागमन जित निकालेको छ।

    images

    आइबार सम्पन्न खेलमा स्वीडेन दक्षिण अफ्रिकाविरुद्ध एक गोललेपछि परेको अवस्थालाई उल्टाउँदै २-१ गोलअन्तरले विजयी भएको हो। 

    स्वीडेनका लागि फ्रिडोलिना रोल्फो र अमान्ड इलेस्टेडले गोल गरिन्। दक्षिण अफ्रिकाका लागि हिल्डा मगियाले एक गोल गरिन्।

    images

    पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४८औँ मिनेटमा मगियाले गोल गर्दै दक्षिण अफ्रिकालाई सुरुवाती अग्रता दिलाएकी थिइन्। 

    तर, ६५औँ मिनेटमा रोल्फोले गोल गर्दै स्वीडेनलाई खेलमा फर्काइन्। त्यसपछि खेलको ९०औँ मिनेटा इलेस्टेडले गोल गरेपछि स्वीडेन २-१ गोलअन्तरले विजयी भयो।

    यो जितसँगै समूह ‘जी’को स्वीडेनले तीन अंक जोडेको छ। दक्षिण अफ्रिकाले हारबाट प्रतियोगिताको शुरूआत गरेको छ।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # महिला विश्वकप