शुक्रबार, श्रावण २९ गते २०८३
images
images

पाकिस्तानलाई लगातार दोस्रोपटक इमर्जिङ कपको उपाधि

एक्सप्रेस पाना
श्रावण ७, २०८० आइतबार
  • 300
    SHARES
  • पाकिस्तानलाई लगातार दोस्रोपटक इमर्जिङ कपको उपाधि

    काठमाडौं । एसीसी इमर्जिङ टिम्स एशिया कपको उपाधि पाकिस्तान 'ए' ले जितेको छ।

    images

    आइतबार सम्पन्न फाइनल खेलमा पाकिस्तान 'ए' ले भारत 'ए' लाई १२८ रनले हराउँदै लगातार दोस्रोपटक उपाधि जितेको हो।

    पाकिस्तान 'ए' ले दिएको ३५३ रनको लक्ष्य पछ्याएको भारत ४० ओभरमा सबै विकेट गुमाउँदै २२४ रनमा समेटियो।

    images

    भारतका ओपनर अभिषेक शर्माले सर्वाधिक ६१ रनको योगदान दिए। उनले ५१ बलमा ५ चौका र १ छक्का प्रहार गरे। त्यस्तै अर्का ओपनर साई सुदर्शनले २८ बलमा ४ चौकासहित २९ रनमा आउट भए।
     
    पहिलो विकेटका लागि सुदर्शन र अभिषेक ६४ रनको साझेदारी गरेका थिए। तर, त्यसपछि कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्।

    कप्तान यश धुल ३९, रियान पराग १४, हर्षित राना १३, निकिन जोस ११, निशान्त सिन्धु १० र ध्रुब जुरेल ९ रनमा आउट भए।

    पाकिस्तानका सुफियान मुकीमले सर्वाधिक ३ विकेट लिए। उनले १० ओभरमा ६६ रन खर्चे। अर्शद इकबाल, मोहम्मद वासिम जुनियर र मेहरान मुमताजले २/२ विकेट लिए।

    त्यसअघि कोलोम्बोमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३५२ रन बनायो। 

    पाकिस्तानका तयाब ताहिरले शतकीय इनिङ्स खेले। उनले ७१ बलमा १२ चौका र ४ छक्कासहित १०८ रन बनाए। ओपनर शहिबजादा फहरानले ४ चौका र ४ छक्कासहित ६२ रन बनाए।

    अर्का ओपनर सैइम अयुबले ५१ बलमा ७ चौका र २ छक्कासहित ५९ रन बनाए। उनीहरूबीच पहिलो विकेटका लागि १२१ रनको साझेदारी भएको थियोे।
    ओमिर युसुफ र  मुबासिर खान ३५/३५ रनमा आउट भए। छैटौँ विकेटका लागि मुबासिर र ताहिरले १२६ रनको शतकीय साझेदारी गरे।

    मोहम्मद वासिम जुनियर १७ रनमा अविजित रहँदा मेहरान मुमताज १३ रनमा आउट भए। भारतका राजवर्धन हगांगेकार र रियान परागले २/२ विकेट लिए। हर्षित राना, मानव सुथार र निशान्त सिन्धुले १/१ विकेट लिए।

  • सम्बन्धित विषय:

  • # क्रिकेट