शुक्रबार, श्रावण २९ गते २०८३
images
images

मिलानमाथि रियल म्याड्रिडको पुनरागमन जित

एक्सप्रेस पाना
श्रावण ८, २०८० सोमबार
  • 250
    SHARES
  • मिलानमाथि रियल म्याड्रिडको पुनरागमन जित

    काठमाडौँ ।  रियल म्याड्रिडले मैत्रीपूर्ण खेलमा एसी मिलानलाई पराजित गरेको छ ।

    images

    अमेरिकाको क्यालिफोर्नियामा सोमबार सम्पन्न खेलमा रियल म्याड्रिडले पुनरागमन गर्दै ३-२ गोल अन्तरले जित निकालेको हो ।

    पहिलो हाफमै रियल म्याड्रिड २-० गोल अन्तरले पछि परेपछि अबस्थमा ३-२ गोल अन्तरले जित हासिल गरेको छ ।

    images

    रियल म्याड्रिडको जितमा फेडेरिको भल्भेरडेले दुई गोल गरेका थिए भने भिनिसियस जुनियरले निर्णायक गोल गरेका थिए ।

    यसअघि मिलानको लागि फिकायो टोमोरी र लुका रोमेरोले एक एक गोल गरेका थिए ।

    रियल म्याड्रिडले अब अर्को मैत्रीपूर्ण खेल जुलाई २७ मा म्यानचेस्टर युनाइटेडविरुद्ध खेल्दै छ भने जुलाई ३० मा बार्सिलोनाविरुद्ध खेल्दै छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल