शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एएफसी कपका लागि मछिन्द्रले भित्र्यायो आशिषसहित ८ खेलाडी

एक्सप्रेस पाना
श्रावण ८, २०८० सोमबार
  • 268
    SHARES
  • एएफसी कपका लागि मछिन्द्रले भित्र्यायो आशिषसहित ८ खेलाडी

    काठमाडौं । ए डिभिजन लिग उपविजेता मछिन्द्र फुटबल क्लबले एएफसी कप छनोटको प्रारम्भिक चरण खेल्नका लागि ८ नयाँ खेलाडी भित्र्याएको छ। 

    images

    मछिन्द्रले प्रारम्भिक चरणमा भुटानको पारो एफसीसँग खेल्दै छ। छनोट खेल आगामी अगस्ट ८ मा हुने एसियाली फुटबल महासंघ (एएफसी)ले जनाएको छ।

    मछिन्द्रका म्यानेजर अनिल श्रेष्ठका अनुसार यस प्रतियोगिताको लागि ८ नयाँ खेलाडी भित्र्याएको हो। 

    images

    मछिन्द्रले चर्च ब्वाइजबाट आसिष चौधरी, संकटाका आयुश घलान, संकटाकै एरिक विष्ट, थ्रीस्टारका लाकेन लिम्बू, एफसी खुमलटारका मेसुके ओलोमाउ, एपीएफका सनिश श्रेष्ठ, खुमलटारका रेजिन सुब्बा र रोहित सुब्बा  भित्र्याएको हो। 

    उनीहरूलाई एक महिना दुई महिना कति प्रतियोगिता हुन्छ, त्यतिन्जेलको लागि क्लबमा भित्र्याएका हौँ। हामीले यस प्रतियोगिताका लागि एन्फा एकेडेमीमा प्रशिक्षण थालिसकेका छौँ, श्रेष्ठले भने।

    मछिन्द्रले एएफसी कपमा दोस्रोपटक सहभागीता जनाउन लागेको हो। गतवर्ष मछिन्द्रले ए डिभिजन लिगको उपाधि जित्दै यस प्रतियोगितामा सहभागिता जनाएको थियो।

    यसपटक चर्च ब्वाइजले उपाधि जितेको थियो। तर, चर्च ब्वाइजसँग एएफसीको क्लब लाइसेन्स नहुँदा मछिन्द्रले मौका पाएको हो।

    यसअघि गत वर्ष दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले श्रीलंकाको ब्लु स्टारसँग २-० गोलअन्तरको हार बेहोरेको थियो।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # एएफसी कप