शुक्रबार, श्रावण २९ गते २०८३
images
images

यू-१९ को प्रशिक्षक सुनिल र यू-१६ को रवीन्द्र नियुक्त

एक्सप्रेस पाना
श्रावण ९, २०८० मंगलबार
  • 228
    SHARES
  • यू-१९ को प्रशिक्षक सुनिल र यू-१६ को रवीन्द्र नियुक्त

    काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले यू-१६ र यू-१९ राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। 

    images

    एन्फाले सोमबार रवीन्द्र सिलकार यू-१६ को र सुनिल श्रेष्ठ यू-१९ को मुख्य प्रशिक्षक नियुक्त गरेको हो।

    शहीद स्मारक ‘ए’ डिभिजन लिगमा श्रेष्ठले जावलाखेल युथ क्लब सम्हालेका थिए। यता, सिलकारका भने संकटा क्लबका मुख्य प्रशिक्षक थिए।

    images

    एन्फाका महासचिव किरण राईले सोमबार दुवै प्रशिक्षकलाई नियुक्ति-पत्र हस्तान्तरण गरेका हुन्। यू-१६ टोलीको सहायक प्रशिक्षकमा सीताराम घिमिरे र गोलकिपर प्रशिक्षकमा गंगाराम देउजा रहनेछन्।

    यु–१९ राष्ट्रिय टोलीको सहायक प्रशिक्षकमा सचिन्द्र धिमाल र गोलकिपिङ प्रशिक्षकमा राजु सिंह नियुक्त भएका छन्। दिवाकर घलेले यू-१९ टोलीको टिम म्यानेजरको जिम्मेवारी सम्हाल्ने छन्।

    सेप्टेम्बर २१ देखि ३० सम्म काठमाडौँमा हुने साफ यू-१९ च्याम्पियनसिपका लागि श्रेष्ठले राष्ट्रिय टोलीको नेतृत्व गर्नेछन् भने सिलकरले सेप्टेम्बर १-१० सम्म भुटानमा हुने साफ यू-१६ च्याम्पियनसिपमा यू-१६ टोलीको नेतृत्व गर्नेछन्।

    दुवै प्रतियोगिताको खेल तालिका पनि साफले सार्वजनिक गरेको छ। यू-१६ को पहिलो खेल नेपालले सेप्टेम्बर ३ मा बंगलादेशसँग खेल्ने छ।

    यस्तै, दोस्रो खेल सेप्टेम्बर ५ मा भारतसँग खेल्ने छ। यता, यू-१९ को पहिलो खेल नेपालले सेप्टेम्बर २१ मा बंगलादेशसँग खेल्ने छ। यस्तै, दोस्रो खेल सेप्टेम्बर २५ मा मालदिभ्ससँग खेल्ने छ।

  • सम्बन्धित विषय:

  • # फुटबल