काठमाडौँ । फिफा महिला विश्वकप फुटबलअन्तर्गत फिलिपिन्सले आयोजक न्यूजिल्यान्डमाथि निकालेको छ ।
समूह ‘ए’ अन्तर्गत वेलिङ्टन रिजनल स्टेडियममा मंगलबार सम्पन्न खेलमा फिलिपिन्सले न्यूजिल्यान्डलाई १-० ले पराजित गरेको हो ।
फिलिपिन्सका लागि सरिना बोल्डेनले निर्णायक गोल गरिन् । उनले २४ औँ मिनेटमा गोल गरेकी थिइन् । महिला विश्वकपमा फिलिपिन्सका लागि गोल गर्ने पहिलो खेलाडी बनेकी छन् ।
फिलिपिन्सले पहिलो पटक महिला विश्वकप खेल्दैछ । महिला विश्वकपमा फिलिफिन्सको यो पहिलो जित हो ।
फिलिपिन्सले पहिलो खेलमा स्विट्जरल्यान्डसँग २-० को पराजय भोगेको थियो । न्यूजिल्यान्डले भने नर्वेलाई १-० ले पराजित गरेको थियो ।



