शुक्रबार, श्रावण २९ गते २०८३
images
images

महिला विश्वकप : जाम्बियामाथि फराकिलो जित निकाल्दै स्पेन प्रि-क्वाटरफाइनलमा

एक्सप्रेस पाना
श्रावण १०, २०८० बुधबार
  • 293
    SHARES
  • महिला विश्वकप : जाम्बियामाथि फराकिलो जित निकाल्दै स्पेन प्रि-क्वाटरफाइनलमा

    काठमाडौं । फिफा महिला विश्वकप फुटबल अन्तर्गत स्पेनले जाम्बियामाथि फराकिलो जित निकाल्दै प्रि-क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

    images

    बुधबार सम्पन्न समुह सी अन्तर्गतको खेलमा स्पेनले जाम्बियालाई ५-० गोल अन्तरले पराजित गरेको हो ।

    स्पेनको जितमा जेनिफर हेरमोसो र अल्बा रेडोनडोले २/२ गोल गरेका थिए भने टेरेसा अबेल्लेरियाले एक गोल गरेकी थिइन् ।

    images

    जारी विश्वकपमा स्पेनको यो लगातार दोस्रो जित हो । स्पेनले यसअघि खेलेको पहिलो खेलमा कोस्टा रिकालाई ३-० गोलले पराजित गरेको थियो ।

    यो जितपछि समुह सी मा स्पेन शिर्ष स्थानमा उक्लिएको छ । स्पेनको २ खेलमा ६ अंक भएको छ भने जापानको पनि ६ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

    त्यस्तै यस समुहमा रहेका कोस्टारिका र जाम्बियाले २-२ खेलमा हार बेहोरेका छन् ।

    यससँगै उनीहरु विश्वकपको प्रि-क्वाटरफाइनलमा स्टेजमा नपुगी बाहिरिने निश्चित भएको छ । यस समुहबाट स्पेन र जापान नकआउट स्टेजमा पुग्ने सुच्निश्चित भएको छ ।

    अब अन्तिम खेलमा स्पेन र जापान खेल्ने छन् र समुह विजेता र उपविजेताको टुंगो लाग्ने छ । आजै भएको खेलमा जापानले कोस्टारिकालाई २-० गोलले पराजित गरेको थियो ।
        

  • सम्बन्धित विषय:

  • # फुटबल