शुक्रबार, श्रावण २९ गते २०८३
images
images

महिला विश्वकप : नेदरल्यान्डस र अमेरिका बराबरीमा रोकिए

एक्सप्रेस पाना
श्रावण ११, २०८० बिहीबार
  • 253
    SHARES
  • महिला विश्वकप : नेदरल्यान्डस र अमेरिका बराबरीमा रोकिए

    काठमाडौं । फिफा महिला विश्वकप फुटबल अन्तर्गत अमेरिका र नेदरल्यान्डस बराबरीमा रोकिएका छन् ।

    images

    विहिबार बिहान सम्पन्न समुह ई अन्तर्गत अमेरिका र नेदरल्यान्डस १-१ गोलको बराबरीमा रोकिएका हुन् ।

    खेलको १७औं मिनेटमा नेदरल्यान्डसकी जिल्ल रूर्डले गोल गर्दै शुरुवाती अग्रता दिलाए पनि अमेरिकाले खेलको दोस्रो हाफमा बराबरी गरेको थियो । अमेरिकाका लागि खेलको ६२औं मिनेटमा लिन्डसे होरानले गोल गरेकी थिइन् ।

    images

    यो बराबरीपछि समुह ई मा अमेरिका र नेदरल्यान्डस दुवैको २/२ खेलमा ४/४ अंक भएको छ ।

    यस समुहमा रहेका पोर्चुगल र भियतनामले आफ्नो पहिलो खेलमा हार बेहोरेर अंकविहिन रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # फुटबल