काठमाडौँ । रियल म्याड्रिडले प्रि सिजनको दोस्रो मैत्रीपूर्ण खेलमा म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ ।
अमेरिका टूरमा रहेका रियल म्याड्रिड र म्यानचेस्टर युनाइटेडबीच विहिबार बिहान सम्पन्न खेलमा रियलले म्यानचेस्टर युनाइटेडलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
रियल म्याड्रिडको जितमा जुडे बेलिंघम र जोसेलुले एक एक गोल गरेका थिए ।
अब रियल म्याड्रिडले मैत्रीपूर्ण खेलमा जुलाई ३० मा बार्सिलोनाविरुद्ध खेल्दै छ । यसअघि रियलले सिरी ए क्लब एसी मिलानलाई ३-२ गोल अन्तरले पराजित गरेको थियो ।
म्यानचेस्टर युनाइटेडले मैत्रीपूर्ण खेलमा लगातार दोस्रो हर बेहोरेको छ । यस अघि युनाइटेडले बुधबार रेक्सह्यामसँग ३-१ गोल अन्तरले हार बेहोरेको थियो ।
त्यस्तै म्यानचेस्टर युनाइटेडले मैत्रीपूर्ण खेलमा जुलाई ३१ मा डोर्टमण्डसँग खेल्दै छ ।



