शुक्रबार, श्रावण २९ गते २०८३
images
images

विश्वकप छनोट : नेपालले लाओसको सामना गर्ने

एक्सप्रेस पाना
श्रावण ११, २०८० बिहीबार
  • 293
    SHARES
  • विश्वकप छनोट : नेपालले लाओसको सामना गर्ने

    काठमाडौं । सन् २०२६ मा हुने फिफा विश्वकपका लागि एसियाली छनोटको प्लेअफको ड्र सर्वाजनिक भएको छ  ।

    images

    मलेसियास्थित क्वालालम्पुरमा विहिबार भएको ड्र मा नेपालले प्लेअफमा लाओसको सामना गर्ने भएको छ ।

    विश्वकप छनौटको प्लेअफमा अफगानिस्तानले मंगोलियासँग, माल्दिभ्सले बंगलादेशसँग, सिंगापुरले गुआमसँग, यमनले श्रीलंकासँग खेल्ने भएको छ । त्यस्तै म्यान्मारले मकाउसँग, कम्बोडियाले पाकिस्तानसँग, चाइनिज ताइपेइले टिमोर लेस्टेसँग, इन्डोरनेसियाले ब्रुनाईसँग र हङकङले भुटानसँग प्लेअफमा खेल्ने भएको छ ।          

    images

    नेपालसहित २० राष्ट्रले होम एण्ड अवेको आधारमा प्लेअफ पार गरेपछि दोस्रो चरणमा प्रतिस्पर्धा गर्न पाउनेछन् । फिफा वरीयताका अनुसार एसियामा रहेका पुछारका २० टोलीले प्रारम्भिक प्लेअफ छनोट खेल्नुपर्नेछ ।

    दोस्रो चरणका लागि शीर्ष २६ टोलीले स्थान पक्का गरिसकेका छन् । यस चरणमा प्लेअफ पार गर्ने १० टोलीसहित कुल ३६ टोलीलाई ४/४ टोलीको ९ समूहमा विभाजन गरिनेछ । सबै समूहको विजेता र उपविजेताले एएफसी एसियन कप २०२७ को लागि स्थान पक्का गर्दै तेस्रो चरणमा खेल्नेछन् ।

    प्रारम्भिक प्लेअफमा सहभागी सबै टोलीलाई दुई पटमा विभाजन गरिएको छ । पहिलो पटमा २७ देखि ३६ स्थानमा रहेका नेपाल, हङकङ, इन्डोनेसिया, चाइनिज ताइपेइ, माल्दिभ्स, यमन, अफगानिस्तान, सिंगापुर, म्यानमार, कम्बोडिया सहितको टोली रहेका छन् । दोस्रो पटमा ३७ देखि ४६ स्थानका टोली भुटान, मकाउ, बंगलादेश,मंगोलिया, लाओस, बु्रनाई, टिमोर–लेस्टे, पाकिस्तान, गुआम र श्रीलंका रहेका छन् ।

    नेपालका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले विश्वकप छनोटका लागि युवा खेलाडिलाई समेटेर प्रारम्भिक टोली घोषणा गरिसकेका छन् ।

    बन्द प्रशिक्षण साउन १६ गतेदेखि शुरू हुनेछ। एनिसले बोलाएको बन्द प्रशिक्षणमा यसपटक साफ च्याम्पियनसिप खेल्न भारत पुगेका टोलीमा रहेका केही खेलाडीलाई हटाएका छन्। 

    प्रारम्भिक नेपाली टोली: 
    गोलकिपरः किरणकुमार लिम्बु, अनिश देउला, दीप कार्की, अभिषेक बराल

    डिफेन्डरः विमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, आशिष गुरुङ, रोहित चन्द, सिमन्त थापा, अन्जल महर्जन, छिरिङ लामा, अन्जन राई

    मिडफिल्डरः एैरिक विष्ट, सुदीप गुरुङ, लाकेन लिम्बु, आवास लामिछाने, उत्सव राई, विशाल तामाङ, विवेक पौडेल, कृतिश रत्न छिन्जु

    फरवार्डः आयुष घलान, नवयुग श्रेष्ठ, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, विमल घर्ती मगर, गिलेस्पेजंग कार्की, दिनेश हेन्जन

     

  • सम्बन्धित विषय:

  • # फुटबल