काठमाडौं । फिफा महिला विश्वकप फुटबलमा समूह ‘ई’ को खेलमा पोर्चुगलले भियतनामलाई हराउँदै अन्तिम १६ को सम्भावना कायमै राखेको छ।
बिहीबार भएको खेलमा पोर्चुगलले २-० गोलको जित निकाल्यो। पोर्चुगलको जितमा भेलोसा र रामोस सोउसाले गोल गरिन्।
खेलको सातौं मिनेटमा भेलोसा पहिलो गोल गरिन्। यस्तै खेलको २१ औं मिनेटमा सोउसाले गर्दै पहिलो हाफमै २-० गोलको अग्रता दिलाईन् तर, दोस्रो हमफमा दुबै टोलीबाट थप गोल नहुँदा पोर्चुगल विजयी भयो।
पहिलो खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको पोर्चुगलले अब समूहको अन्तिम खेलमा साविक विजेता अमेरिकासँग खेल्नेछ। अर्को खेलमा भियतनाम र नेदरल्यान्ड्सबीच खेल हुनेछ।
समूहमा अमेरिका र नेदरल्यान्ड्सको ४/४ अंक छ। पोर्चुगलले ३ अंक जोडेको छ। तीनै टिमको अन्तिम १६ पुग्ने सम्भावना छ।
भियतनाम भने लगातार दुई खेलमा पराजित भएसँगै समूहको अन्तिम खेलअघि नै बाहिरियो।



