शुक्रबार, श्रावण २९ गते २०८३
images
images

मेरो भ्रमण पूर्णरुपमा सफल भयो- प्रधानमन्त्री प्रचण्ड

एक्सप्रेस पाना
श्रावण १२, २०८० शुक्रबार
  • 319
    SHARES
  • मेरो भ्रमण पूर्णरुपमा सफल भयो- प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषकलाई प्रविधि, मल, बजार र पुँजीमा सहज पहुँचक पु¥याउनु पर्नेमा जोड दिएका छन् ।

    images

    संयुक्त राष्ट्रसंघको इटालीमा भएको खाद्यसम्मेलनमा सहभागि भएर शुक्रबार बिहान स्वदेश फर्केका प्रधानमन्त्री दाहाल त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै विश्वयापी रुपमा देखा परेको जलवायु परिवर्तनलाई थेग्ने दिगो र भरपर्दो उत्पादकत्व वृद्धिका लागि विशेष गरि साना कृषकहरुका लागि प्रविधि र मल,बजार पुँजीमा सहज पहुँचको सुनिश्चितता गर्न आवश्यक रहेको विषयलाई जोडदार रुपमा राखेको छु । मेरो भ्रमण पूर्णरुपमा सफल भएको छ ।  

    नेपाल सरकार र डब्लु एफ पि को सहकार्यमा सञ्चालित यस कार्यक्रम बाट ३३ लाख भन्दा बालबालीका लाभान्भित भएको प्रधानमन्त्री दाहालको भनाई छ । 

    images

    प्रधानमन्त्री दाहालले यो तथयलाई आत्मासाथ गर्दै शिक्षा क्षेत्रको सम्पुर्ण बजेटको ६ प्रतिशत ‘फुड सिस्टम समिट प्लस टु’ कार्यक्रमका लागि छुट्टाईएको बताएका छन् । 

    रोममा रहँदा प्रधानमन्त्री दाहाल र बङ्गलादेशी समकक्षी शेख हसिनाबीच द्विपक्षीय भेटवार्तामा द्विपक्षीय हित र चासोका बारेमा छलफल भएको थियो । उनीहरूबीच कृषि, जलविद्युत् क्षेत्रमा सहकार्य तथा क्षेत्रीय सहयोग र सहकार्यका विविध विषयमा महत्त्वपूर्ण छलफल भएको थियो ।

  • सम्बन्धित विषय:

  • # प्रचण्ड