काठमाडौँ । फिफा महिला विश्वकप फुटबलमा चीनले पहिलो जित निकालेको छ ।
शुक्रबार सम्पन्न खेलमा चीनले हैटीलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
चीनको जितमा खेलको ७४औं मिनेटमा वांग शुआंगले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
यस खेलमा चीनकी झांग रुईले खेलको २९औं मिनेटमा रातो कार्ड पाएर मैदान छोडेपछि चीन १० खेलाडीमा सिमित भएको थियो ।
यो जितसँगै चीनले जारी विश्वकप दोस्रो खेलमा पहिलो जित हासिल गरेको छ ।
यसअघि सम्पन्न पहिलो खेलमा चीन डेनमार्कसँग १-० गोल अन्तरले पराजित भएको थियो । अब समुह चरणको अन्तिम खेलमा चीनले इङल्याण्डको सामना गर्ने छ ।
त्यस्तै हैटीले भने आफ्ना दुवै खेलमा हार बेहोरेसँगै अर्को राउण्डको सम्भावना समाप्त भएको छ । हैटीले आफ्नो अन्तिम खेल डेनमार्कविरुद्ध खेल्ने छ ।



