शुक्रबार, श्रावण २९ गते २०८३
images
images

पुलिस र चर्चको रोमाञ्चक बराबरी, फ्रेन्ड्समाथि खुमलटारको सानदार पूनरागमन

एक्सप्रेस पाना
श्रावण १३, २०८० शनिबार
  • 348
    SHARES
  • पुलिस र चर्चको रोमाञ्चक बराबरी, फ्रेन्ड्समाथि खुमलटारको सानदार पूनरागमन

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजमा जारी यु-१६ युथ लिग अन्तर्गत तेस्रो चरणको खेलमा नेपाल पुलिस एकेडेमी र चर्च ब्वाइज युनाइटेडले बराबरी खेलका छन् भने खुमलटार एफसीले फ्रेन्ड्स क्लबलाई पराजित गरेको छ ।

    images

    शनिबार च्यासल रंगशालामा भएको खेलमा पुलिस र चर्चले ३-३ गोलको बराबरी खेलेका हुन् । 

    खेलमा सुरुवाती अग्रता बनाएको पुलिसले पहिलो हाफमा ११ गोलको बराबरी खेलेको थियो । तर, दोस्रो हाफमा ३-१ गोलको अग्रता बनाएको चर्चले अग्रता जोगाउन नसक्दा खेल ३-३ गोलको बराबरीमा सकियो । 

    images

    यो बराबरीसँगै चर्चले ३ खेलबाट १ अंक बनाएको छ भने समान खेलबाट पुलिसले ४ अंक जोडेको छ ।

    यस्तै एन्फा मुख्यालय सातदोबाटोमा भएको खेलमा एफसी खुमलटारले ३-१ को रोमान्चक जित निकालेको छ ।

    पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा खुमलटारले ०-१ ले पछि परेको अबस्थालाई उल्ट्याउँदै खेलमा ३-१ गोलको जित निकालेको हो ।

    खुमलटारको जितम कप्तान एलिक श्रेष्ठले ब्यक्तिगत दुई गोल र सागर तामाङले एक गोल गर्दै ३-१ को पुनरागमन जित दिलाउन सफल भए ।

    यो जितसँगै खुमलटारले ३ खेलबाट ६ अंक जोडेको छ, यता पराजित फ्रेन्ड्सले भने समान खेलबाट ३ अंक जोडेको छ । 

  • सम्बन्धित विषय:

  • # फुटबल