शुक्रबार, श्रावण २९ गते २०८३
images
images

महिला विश्वकप : मोरक्कोले दक्षिण कोरियालाई हरायो

एक्सप्रेस पाना
श्रावण १४, २०८० आइतबार
  • 314
    SHARES
  • महिला विश्वकप : मोरक्कोले दक्षिण कोरियालाई हरायो

    काठमाडौँ । फिफा विश्वकप महिला फुटबल अन्तर्गत मोरक्कोले दक्षिण कोरियालाई पराजित गरेको छ ।

    images

    आइतबार सम्पन्न खेलमा मोरक्कोले दक्षिण कोरियालाई १-० गोल अन्तरले पराजित गरेको हो ।

    मोरक्कोको जितमा खेलको छैटौं मिनेटमा बितिसाम ज्रैदीले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

    images

    यो जितपछि मोरक्कोले अर्को चरणमा पुग्ने सम्भावनालाई जीवित राखेको छ । मोरक्कोको २ खेलमा ३ अंक भएको छ र समुहमा तेस्रो स्थानमा रहेको छ ।

    त्यस्तै दक्षिण कोरियाको दोस्रो चरणमा पुग्ने सम्भावना भने सकिएको छ ।

    समुह एचमा जर्मनी र कोलम्बियाले आफ्नो पहिलो खेल जितेर ३-३ अंकसहित समुहमा पहिलो र दोस्रो स्थानमा रहेको छ । दुवैबीच आजै खेल हुदै छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल