काठमाडौँ । फिफा महिला विश्वकप फुटबलमा आयोजक अस्ट्रेलियाले क्यानाडालाई पराजित गर्दै राउण्ड १६ मा आफ्नो स्थान सुरक्षित गरेको छ ।
सोमबार सम्पन्न खेलमा अस्ट्रेलियाले क्यानडालाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
अस्ट्रेलियाको जितमा हेली रासोले दुई गोल गरेकी थिइन् भने मेरी फोवलेर र स्टेफेन काटलीले एक एक गोल गरेका थिए ।
यो जितपछि अस्ट्रेलियाको समुह बी मा ३ खेलमा ६ अंक भएको छ र समुहमा शिर्ष स्थानमा रहदै राउण्ड १६ मा पुगेको छ ।
त्यसैगरी हारसँगै क्यानडा भने विश्वकपबाट बाहिरिएको छ । क्यानाडाको ३ खेलमा ४ अंक रहेको छ र समुहमा तेस्रो स्थानमा रहेको छ ।
त्यस्तै यसै समुहबाट नाइजेरियाले आयरल्याण्डसँग गोल रहित बराबरी खेल्दै राउण्ड १६ मा आफ्नो स्थान सुरक्षित गरेको छ । नाइजेरियाको ३ खेलमा ५ अंक रहेको छ र समुहमा दोस्रो स्थानमा छ ।
त्यस्तै आयरल्याण्डको ३ खेलमा १ अंकसहित समुहमा पुछारमा रहदै विश्वकपबाट बाहिरिएको छ ।
अहिलेसम्म अस्ट्रेलिया र नाइजेरियासँगै जापान, नर्वे, स्पेन र स्वीजरल्याण्ड राउण्ड १६ मा पुगिसकेका छन् ।



