शुक्रबार, श्रावण २९ गते २०८३
images
images

टी-२० विश्वकपको एशिया छनोट लागि २४ खेलाडी छनोट

एक्सप्रेस पाना
श्रावण १६, २०८० मंगलबार
  • 357
    SHARES
  • टी-२० विश्वकपको एशिया छनोट लागि २४ खेलाडी छनोट

    काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले महिला टी-२० विश्वकपको एशिया छनोटको क्याम्पका लागि २४ खेलाडी छनोट गरेको छ ।

    images

    क्यानले मंगलबार महिला टिमकी कप्तान रुबिना क्षेत्रीसहित २४ खेलाडी छानेर क्याम्पका लागि बोलाएको हो ।

    विश्वकपको एशिया छनोट आगामी अगस्त २८ देखि सेप्टेम्बर ६ सम्म मलेसियामा हुने छ ।

    images

    एशिया छनौटमा १२ देशले भाग लिदै छन् । जसमा नेपाल समुह ए मा रहेको छ । समुह ए मा नेपालसहित बहराइन भुटान, मलेसिया, कतार र युएई रहेका छन् । त्यस्तै समुह बी मा चीन, हङकङ, कुवेत, म्यान्मार र थाइल्याण्ड रहेका छन् ।

    दुवै समुहबाट शिर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन् भने फाइनल पुग्ने दुई देश विश्वकपका लागि छनोट हुने छन् ।

    May be an image of poster, magazine and text that says 'ICC WOMEN'S T20 WORLD CUP ASIA QUALIFIER CAN 2023 ICC WOMEN'S T20 WORLD CUP ASIA QUALIFIER CAMP LIST RUBINA CHHETRI JYOTI PANDEY SITA RANA MAGAR SARSWATI CHAUDHARY INDU BARMA NERY THAPA KABITA KUNWAR MANISHA CHAUDHARY KABITA JOSHI RUBI PODDAR ASMINA INA KARMACHARYA KHUSHI DANGOL KRITIKA MARASANI PUJA MAHATo BINDU RAWAL SABNAM RAI APSARI BEGAM ROMA THAPA KAJOL SHRESTHA KANCHAN SHRESTHA SAMJHANA KHADKA SHRISTHI JAISI ISHWORI BISTA SNEHA MAHARA POWERED BY: makura #WECAN #ICCWOMENST2OWORLDCUPASIAQUALIFIER'

  • सम्बन्धित विषय:

  • # क्रिकेट