सोमबार, कार्तिक १७ गते २०८३
images
images

अफगानिस्तानलाई बाहिरबाट नियन्त्रण गर्न सम्भव छैन :  इमरान खान

एक्सप्रेस पाना
आश्विन १, २०७८ शुक्रबार
  • 427
    SHARES
  • अफगानिस्तानलाई बाहिरबाट नियन्त्रण गर्न सम्भव छैन :  इमरान खान

    असोज १ काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानलाई बाहिरबाट नियन्त्रण गर्न सम्भव नभएको बताएका छन् ।

    images

    सांघाई सहयोग संगठनको ताजकिस्तानमा जारी समिटमा सम्बोधन गर्दै पाकिस्तानी प्रधानमन्त्री खानले अफगानिस्तानको इतिहासले नै कहिल्यै पनि बाहिरबाट नियन्त्रण गर्न नसक्ने पुष्टि गरेको बताए । अफगानी नागरिकले आफ्नो स्वतन्त्रताको मूल्यलाई नछाडेको उनको भनाइ थियो ।  

    अचानक अमेरिका र उसका सहयोगी अफगानिस्तानबाट फिर्ता हुनु र तालिवान सत्तामा आएपछि विश्वमा अफगानिस्तानले नयाँ परिस्थितिको सामना गरिरहेको खानले बताए ।

    images

    उनले सबै आफगानी नागरिकको अधिकारको रक्षा जरूरी रहेको र तालिवानले सबैलाई समेटेर जानुपर्ने बताए । आफगानिस्तानलाई पुनस् आतंकवादीको आश्रयस्थल बन्न नदिने सुनिश्चितता पनि गर्नुपर्ने खानको सुझाव थियो ।न्युज कारखाना