शुक्रबार, श्रावण २९ गते २०८३
images
images

साडियो माने अल नासरमा

एक्सप्रेस पाना
श्रावण १७, २०८० बुधबार
  • 315
    SHARES
  • साडियो माने अल नासरमा

    काठमाडौँ । सेनेगलका ३१ बर्षिय फरवार्ड साडियो मानेलाई साउदी प्रो लिग क्लब अल नासर भित्र्याएको छ । 

    images

    बायर्न म्युनिख प्रशिक्षण थोमस टुचेलको प्राथमिकतामा नपरेपछि मानेले क्लब छोड्दै साउदी लिग रोजेका हुन् । 

    माने गत बर्ष लिभरपुल छोडेर बायर्न गएका थिए । जर्मनीमा त्यति राम्रो प्रदर्शन हुन सकेन भने उनी विवादमा पनि रहेका थिए । सहकर्मी खेलाडीलाई मुक्का हानेको विषयमा उनको आलोचना भएको थियो ।

    images

    अल नासरले मानेका लागि बायर्नलाई ४० मिलियन युरो तिर्ने भएको छ । त्यस्तै मिडिया रिपोर्टका अनुसार अल नासरले मानेलाई बार्षिक ४० मिलियन युरो नै पारिश्रमिक दिन सहमत भएको छ ।

    May be an image of 2 people, people playing soccer, stadium and text

    अल नासरले यस सिजनमा सेको फोफाना र मार्सेलो ब्रोजोभिक र एलेक्स टेल्लेजलाई भित्र्याइसकेको छ ।

    मानेलाई बायर्नले गत बर्ष लिभरपुलबाट ४१ मिलियन युरोमा किनेको थियो । उनले बायर्नका लागि कुल ३८ खेलमा केवल १२ गोल गरेका थिए ।

    माने साउदी लिगमा जाने पछिल्लो स्टार खेलाडी हुन् । गत जनवरीमा क्रिस्टियानो रोनाल्डो साउदी लिगमा गएपछि उनलाई पछ्याउदै करिम बेन्जमा, एन्गोलो कान्टे, रुबेन नेभेज, कालीडोउ कोउलीबाली, रोबेर्ट फिर्मिनो, जोर्डन हेण्डरसन, सेको फोफानाम एलेक्स टेल्लेस, मार्सेलो ब्रोजोभिक लगायतका खेलाडी साउदी लिगमा सम्झौता गरिसकेका छन् ।  

    May be an image of 1 person, playing football, playing soccer, sportswear, outdoors and text   

  • सम्बन्धित विषय:

  • # फुटबल