शुक्रबार, श्रावण २९ गते २०८३
images
images

इटालीलाई हराउँदै दक्षिण अफ्रीका अन्तिम १६ मा, अर्जेन्टिना पनि बाहिरियो

एक्सप्रेस पाना
श्रावण १७, २०८० बुधबार
  • 379
    SHARES
  • इटालीलाई हराउँदै दक्षिण अफ्रीका अन्तिम १६ मा, अर्जेन्टिना पनि बाहिरियो

    काठमाडौँ । दक्षिण अफ्रिकाले इटालीलाई स्तब्ध पार्दै जारी महिला फुटबल विश्वकपकोअन्तिम १६ मा पुगेको छ ।

    images

    बुधबार सम्पन्न खेलमा दक्षिण अफ्रिकाले इटालीलाई अन्तिम समयमा गोल गर्दै ३-२ को रोमान्चक जित हासिल गरेको हो ।

    दक्षिण अफ्रिकाको जितमा खेलको ९२औं मिनेटमा थेम्बी कगाटलानाले निर्णायक गोल गरेकी थिइन् । त्यस्तै यसअघि हिलदाह मागैयाले गोल गरेकी थिइन् भने एक गोल इटालीकी बेनेडेट्टा ओरसीले एक गोल आत्मघाती गोल गरेकी थिइन् ।

    images

    त्यस्तै इटालीका लागि अरिन्न करुसाले दुई गोल गरेकी थिइन् ।

    यो जितसँगै दक्षिण अफ्रिका समुह जी मा ३ खेलमा ४ अंकसहित दोस्रो हुँदै अन्तिम १६ मा छनौट भएको छ । दक्षिण अफ्रिका पहिलो पटक विश्वकपको दोस्रो चरणमा पुगेको हो । त्यस्तै इटाली विश्वकपबाट बाहिरियो । 

    यस्तै सोहि समुहको अर्को खेलमा स्विडेनले अर्पेन्टिनालाई २-० गोलले हराउँदै समूह विजेता बनेको छ । यता पराजित अर्जेन्टिना प्रतियोगिताबाट बाहिरिएको छ । 

  • सम्बन्धित विषय:

  • # फुटबल