काठमाडौं । पोर्चुगलका कप्तान तथा भेट्रान्स फरवार्ड क्रिस्टियानो रोनाल्डोको निर्णयक गोलमा अल नासर अरब क्लब च्याम्पियनसिपको क्वाटरफाइनलमा पुगेको छ ।
विहिबार राति सम्पन्न खेलमा अल नासर इजिप्टको क्लब जामालेकसँग १-१ गोलको बराबरीमा रोकिएपछि समुह सी मा दोस्रो स्थानमा रहदै अल नासर क्वाटरफाइनलमा पुगेको हो ।
खेलमा १-० गोलले पछि परेको अल नासरलाई खेलको ८७औँ मिनेटमा रोनाल्डोले गोल गर्दै खेल बराबरी गरेका थिए ।
त्यस्तै जामालेकका लागि खेलको ५३औं मिनेटमा अहमद साएदले पेनाल्टीमार्फत गोल गरेका थिए ।
समुह सी बाट साउदी क्लब अल शबाब शिर्ष स्थानमा रहदै क्वाटरफाइनलमा पुगेको छ । अल शबाबको ३ खेलमा ७ अंक रहेको छ । त्यस्तै अल नासरको ३ खेलमा ५ अंक रहेको छ ।
अब अल नासरले क्वाटरफाइनलमा मोरक्कोको क्लब राजा क्लब एथलेटिकसँग खेल्ने छ । यो खेल अगस्ट ६ मा हुने छ ।



