शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एन्फा यू-१६ : फ्रेन्ड्ससँग मछिन्द्र पराजित 

एक्सप्रेस पाना
श्रावण १९, २०८० शुक्रबार
  • 295
    SHARES
  • एन्फा यू-१६ : फ्रेन्ड्ससँग मछिन्द्र पराजित 

    एन्फा यू-१६ लिगअन्तर्गत चौथो चरणको पहिलो खेलमा फ्रेन्ड्स क्लबले मछिन्द्रलाई पराजित गरेको छ।

    images

    शुक्रबार एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा फ्रेन्ड्सले मछिन्द्रलाई २-१ गोलअन्तरले पराजित गरेको हो। 

    फ्रेन्ड्सको जितमा अर्जित तामाङ र पवन पाख्रिनले १/१ गोल गरे। यता, मछिन्द्रका लागि सन्जय उर्गेन दोङले सान्त्वना गोल गरे।

    images

    खेलको ३२औँ मिनेटमा फ्रेन्ड्सका कप्तान अर्जितले गोल गर्दै टोलीलाई शुरूआती अग्रता दिलाए। पहिलो हाफमा १ गोलको अग्रता बनाएको फ्रेन्ड्सले दोस्रो हाफमा थप १ गोल गर्यो भने १ गोल खायो।

    यो जितसँगै फ्रेन्ड्सले ४ खेलमा ६ अंक बनाएको छ। यता, पराजित मछिन्द्रको पनि समान खेलबाट ६ अंक नै रहेको छ। यसअघि तेस्रो खेलमा फ्रेन्ड्स खुमलटारसँग ३(१ गोलअन्तरले पराजित भएको थियो।

  • सम्बन्धित विषय:

  • # फुटबल