काठमाडौं । क्यानडामा जारि ग्लोबल टी-२० लिगमा नेपाली खेलीडी दीपेन्द्रसिंह ऐरीसम्मिलित मोन्टरियल टाइगर्स फाइनलमा पुगेको छ ।
गएराती सम्पन्न दोस्रो क्वालिफायर खेलमा भ्यानकोभर् नाइट्सलाई एक विकेटले पराजित गर्दै मोन्टरियल फाइनलमा पुगेको हो ।
भ्यानकोभरले दिएको १३८ रनको लक्ष्य पछाएको मोन्टरियलले १९.३ ओभरमा ९ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
यसअघि भ्यानकोभरले पहिला ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाउदै १३७ रन बनाएका थिए ।
यस खेलमा नेपाली खेलाडी दिपेन्द्र सिंह ऐरीले २८ बलमा महत्वपूर्ण २५ रन बनाएका थिए । यस खेलमा उनले बलिङ भने गरेनन् ।
अब फाइनल खेलमा मोन्टरियलले सर्रे जागुअर्सको सामना गर्ने छ ।
फाइनल खेल आज राति नेपाली समय अनुसार ९:४५ बजेदेखि शुरु हुने छ ।



