काठमाडौं । साविकको विजेता अमेरिकालाई हराउँदै स्वीडेन जारी महिला फिफा विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ।
आइतबार भएको खेलमा स्वीडेनले अमेरिकालाई टाईबेकरमा ५-४ गोल अन्तरले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो।
निधारित समयमा दुबै टोलीबाट गोल नभएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। उक्त अतिरिक्त समयमा पनि गोल नहुँदा पेनाल्टी सुटआउटमा गएको थियो।
सुरुवाती ५ पेनाल्टीमा दुबै टोलीले ३३ गोल गरेका थिए। त्यसपछि थप दुई पेनाल्टीमा अमेरिकाले एक गोल गर्था स्वीडेनले २ गोल गर्दै खेलमा जित निकाल्न सफल भयो।
यो जित सँगै स्वीडेनले क्वाटरफाइनलमा जापानको समना गर्ने भएको छ।



