शुक्रबार, श्रावण २९ गते २०८३
images
images

हिमालयन फुटसलको उपाधि क्रिजल फुटबल क्लबलाई

एक्सप्रेस पाना
श्रावण २१, २०८० आइतबार
  • 611
    SHARES
  • हिमालयन फुटसलको उपाधि क्रिजल फुटबल क्लबलाई

    काठमाडौंमा सम्पन्न पहिलो हिमालयन फुटसल प्रतियोगिताको उपाधि क्रिजल फुटबल क्लबले जितेको छ। 

    images

    फाइनलमा टिकापुर ग्रिनसिटी फुटबल क्लबलाई ४-१ गोल अन्तरले पराजीत गर्दै क्रिजलले उपाधि जितेको हो । 

    विजेता टोली क्रिजल एफसीले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँसँगै ट्रफी र मेडल हात पारेको छ। रनर अप बनेको टिकापुर ग्रिनसिटीले ५५ हजार ५ सय ५५ रुपैयाँसँगै रनरअप ट्रफी र मेडल प्राप्त गर्यो । प्रतियोगिताको उत्कृष्ट खेलाडी क्रिजल एफसीका विवश पण्डित घोषित भए उनि एक्लैले फाइनलमा उत्कृष्ट ४ गोल गर्न सफल भएका थिए। 

    images

    उत्कृष्ट गोलकिपरको पुरस्कार टिकापुरका सविन जोशीले प्राप्त गरेका छन्। दुबैले समान ५ हजार ५ सय ५५ रुपैयाँ हात पारे। प्रतियोगितामा ११ हजार १ सय ११ रुपैयाँको फेयर प्ले अवार्ड भाटभटेनी हेल्थ क्लबले प्राप्त गर्यो।

    प्रतियोगिताको समापन समारोहमा नेपाली फुटबल टिमका पूर्व कप्तान तथा राष्ट्रिय फुटसल टिमका पूर्व प्रशिक्षक राकेश श्रेष्ठले विजेतालाई ट्रफी प्रदान गरेका थिए।

    हिमालयन फुटबल क्लबको आयोजनामा पहिलोपटक भएको प्रतियोगिता दुई दिनसम्म चलेको थियो। प्रतियोगितामा देशभरबाट ३८ फुटसल टिमले सहभागिता जनाएका थिए।

  • सम्बन्धित विषय:

  • # फुटबल