शुक्रबार, श्रावण २९ गते २०८३
images
images

सन्दीपको टिमलाई हराउँदै दीपेन्द्र सम्मिलित टाइगर्सले जित्यो ग्लोबल टी२० को उपाधि

एक्सप्रेस पाना
श्रावण २२, २०८० सोमबार
  • 339
    SHARES
  • सन्दीपको टिमलाई हराउँदै दीपेन्द्र सम्मिलित टाइगर्सले जित्यो ग्लोबल टी२० को उपाधि

    काठमाडौँ । नेपाली खेलाडी दीपेन्द्रसिंह ऐरी सम्मिलित मोन्ट्रियल टाइगर्सले क्यानडाको ग्लोबल टी२० लिगको उपाधि जितेको छ। 

    images

    नेपाली समयअनुसार आइतबार राति सम्पन्न फाइनल खेलमा टाइगर्सले अर्का नेपाली खेलाडी खेलाडी सन्दीप लामिछाने आबद्ध सर्रे जागुअर्सलाई ५ विकेटले पराजित गरेको छ।

    फाइनलमा दुवै नेपाली खेलाडीको प्रदर्शन भने उल्लेखनीय रहेन। जागुअर्सले दिएको १३१ रनको लक्ष्य पछ्याउने क्रममा टाइगर्सले ११.४ ओभरमा ६१ रन बनाउँदा ४ विकेट गुमाइसकेको थियो।

    images

    टाइगर्सका लागि शेर्फान रदरफोर्ड २९ बलमा ३ चौका र २ छक्कासहित ३८ रनमा अविजित रहे । क्रिस लिन ३५ बलमा ३१ र दीलप्रित सिंह १४ रनमा आउट भए ।

    आन्द्रे रसेल ६ बलमा १ चौका र २ छक्कासहित २० रनमा अविजित रहे । दीपेन्द्रले १७ बलमा १ चौकासहित १६ रनमा रिटायर्ट हर्ट आउट भएका थिए ।

    सन्दीपले ३ ओभरमा २० रन खर्चिदा विकेट लिन सकेनन् । 

    त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको सर्रेले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ३० रन बनाएको थियो । 

    सर्रेका ओपनर जतिन्दर सिंहले ५७ बलमा ३ चौकासहित सर्वाधिक ५६ रनमा अविजित रहेपनि त्यो उपाधि जित्न पर्याप्त थिएन ।

    आयन खानले १५ बलमा २ छक्कासहित २६ रन बनाएका थिए । 

    टाइगर्सका आयन खानले २ तथा कार्लोस ब्रेथवेट, अब्बास अफ्रिदी र आन्द्रे रसेलले समान १र१ विकेट लिएका थिए ।

    यसअघि टस जितेर टाइगर्सले शुरूमा जागुअर्सलाई ब्याटिङका लागि निम्ता दिएको थियो। जागुअर्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १३० रन बनाएको थियो। 

    जागुअर्सका लागि ओमानी खेलाडी जतिन्दर सिंहले ५७ बलमा ५६ रन बनाएका थिए। टाइगर्सका लागि यूएईका खेलाडी आयान अफ्जल खानले २ विकेट लिए। दीपेन्द्रले भने बलिङ गर्ने मौका नै पाएनन्।

  • सम्बन्धित विषय:

  • # क्रिकेट