काठमाडौँ । इंग्ल्यान्ड फिफा महिला विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
सोमबार सम्पन्न खेलमा इंग्ल्यान्डले नाइजेरियालाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले हराउँदै विश्वकपको क्वाटरफाइनमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
निर्धारित ९० मिनेट र त्यसपछि ३० मिनेटको अतिरिक्त समयमा सम्पन्न खेल गोलरहित बराबरी बनेको थियो ।
खेलको ८७औँ मिनेटमा इंग्ल्यान्डकी लाउरेन जेम्सले रातो कार्ड पाएपछि इंग्ल्यान्ड १० खेलाडीमा खेलेको थियो ।
यो जितसँगै अब क्वाटरफाइनलमा इंग्ल्यान्डले कोलोम्बिया र जमैकाबीचको विजेतासँग खेल्ने छ ।



