शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एएफसी कप : मच्छिन्द्र र पारो भिड्दै

एक्सप्रेस पाना
श्रावण २३, २०८० मंगलबार
  • 367
    SHARES
  • एएफसी कप : मच्छिन्द्र र पारो भिड्दै

    काठमाडौँ । एएफसी कपको प्रारम्भिक छनोट अन्तर्गत प्लेअफमा आज मच्छिन्द्र फुटबल क्लबले भुटानी लिग च्याम्पियन पारो एफसीको सामना गर्दैछ । 

    images

    खेल साँझ ५:३० बजे दशरथ रंगशालामा हुनेछ ।

    लिग च्याम्पियन चर्च ब्वाइजले एएफसी क्लब लाइसेन्स प्राप्त गर्न नसक्दा उपविजेता मच्छिन्द्रले एएफसी कपमा प्रतिस्पर्धा गर्ने अवसर पाएको हो । पछिल्लो संस्करणमा मछिन्द्र श्रीलंकाको ब्लु स्टार स्पोर्ट्स क्लबसँग घरेलु मैदानमै पराजित भएको थियो ।

    images

    मछिन्द्रले यसपटक राष्ट्रिय टोलीका युवा स्टारसहित ८ खेलाडी थपेको छ । मच्छिन्द्रले लिग च्याम्पियन चर्च ब्वाइजका विंगर आशिष चौधरी र मिडफिल्डर एरिक विष्टलाई टोलीमा समेटेको छ । यसबाहेक राष्ट्रिय टोलीका मिडफिल्डर लाकेन लिम्बू, विंगर आयुष घलान र डिफेन्डर सनिश श्रेष्ठ पनि मच्छिन्द्रमा आएका छन् ।

    रेलिगेसनमा परेको खुमलटारबाट विदेशी खेलाडी मेसुके ओलोमोउसँगै रेजिन सुब्बा पनि मच्छिन्द्रमा छन् । मेसुकेको कागजी प्रक्रिया पूरा हुन बाँकी रहेको कारण पारोविरुद्ध खेल्ने वा नखेल्ने टुंगो नभएको प्रशिक्षक किशोर कुमार केसीले बताएका छन् ।

    यस खेलका लागि टिकट मूल्य साधारणतर्फ २ सय रुपैयाँ र भीआइपी तर्फ ५ सय रुपैयाँ रहेको छ । खेलको टिकट इसेवामार्फत खरिद गर्न सकिने बताइएको छ ।

    यो खेल जित्ने टिमले आगामी अगस्ट १६ मा भारतको मोहन बगान सुपर जायन्टको सामना गर्नेछ । उक्त खेल जिते अगस्ट २२ मा हुने प्लेअफको फाइनलमा क्लब इगल्स र ढाका अबहानीको विजेतासँग खेल्नेछ ।

    मछिन्द्रको टिम:
    गोलरक्षक: विशाल श्रेष्ठ, प्रदिप भण्डारी, लुज महर्जन ।
    डिफेन्डर: सनिश श्रेष्ठ, ओमोलाजा करीम, देवेन्द्र तामाङ, दिवाकर चौधरी, छिरिङ गुरुङ र सुरज विक ।
    मिडफिल्डर: आन्द्रेस निया, एरिक विष्ट, लाकेन लिम्बु, दिपेश घले र उत्सव राई ।
    फरवार्ड: विमल घर्ती मगर, आशिष चौधरी, आयुष घलान, अफिज ओलावाले, मेसुके ओलोमोउ, सौरभ लिम्बु, अभिषेक गुरुङ, रेजिन सुब्बा र विजय भुजेल ।

  • सम्बन्धित विषय:

  • # मच्छिन्द्र क्लब
  • # फुटबल