काठमाडौँ । भेट्रान्स फरवार्ड किस्टियानो रोनाल्डोको निर्णयक गोलमा अल नासर अरब क्लब च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।
बुधबार राति सम्पन्न सेमिफाइनल खेलमा इराकी क्लब अल शोर्टालाई १-० गोल अन्तरले हराउँदै अल नासर अरब क्लब च्याम्पियनसिपको फाइनलमा पुगेको हो ।
अल नासरको जितमा खेलको ७५औं मिनेटमा रोनाल्डोले पेनाल्टी मार्फत गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

अल नासर अरब क्लब च्याम्पियनसिपको फाइनलमा पुगेको यो पहिलो पटक हो ।
अब फाइनलमा अल नासरले अल हिलाल र अल शाबाबबीचको विजेतासँग खेल्ने छ । फाइनल खेल अगस्त १२ मा हुदै छ ।



