शुक्रबार, श्रावण २९ गते २०८३
images
images

पुजन, रवि र निशान अस्ट्रेलिया प्रस्थान

एक्सप्रेस पाना
श्रावण २५, २०८० बिहीबार
  • 440
    SHARES
  • पुजन, रवि र निशान अस्ट्रेलिया प्रस्थान

    काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टोलीका थप तीन सदस्य अस्ट्रेलिया प्रस्थान गरेका छन्। 

    images

    मिडफिल्डर पुजन उपरकोटी, विंगर रविशंकर पासवान र डिफेन्डर निशान खड्का बिहीबार अस्ट्रेलिया प्रस्थान गरेका हुन्। यी तीन खेलाडीले राष्ट्रिय टोलीको प्रतिनिधित्व गरिसकेका छन्।

    पुजनले गत सिजन शहीद स्मारक ए डिभिजन लिग मछिन्द्र फुटबल क्लबबाट खेलेका थिए। यद्यपि, मंगलबार एएफसी कपअन्तर्गत प्रारम्भिक चरणमा मछिन्द्रले भुटानको पारो एफसीलाई ३-२ गोलअन्तरले पराजित गर्दा उनी प्लेइङ सेटमा थिएनन्।

    images

    यता, रविले विभागीय टोली नेपाल पुलिसबाट खेल्दै आएका थिए। यस्तै, निशानले भने संकटाबाट ए डिभिजन लिग खेलेका थिए। उनीहरूलाई जावलाखेल युथ क्लबका मिडफिल्डर हिसुव थपलिया र सातदोबाटो युथ क्लबका गोलरक्षक अभिषेक बराल लगायत अन्य खेलाडीले विदाइ गरेका थिए।

    यसैसाता राष्ट्रिय टोली तथा सातदोबाटो युथ क्लबका फरवार्ड दीपकराज सिंह ठकुरी पनि अस्ट्रेलिया प्रस्थान गरेका थिए। यस्तै, प्रशिक्षक बिष्णु गुरुङ पनि अस्ट्रेलिया पुगेका छन्।

    एक वर्षको अन्तररालमा राष्ट्रिय टोलीबाट खेलिसकेका करिब डेढ दर्जन खेलाडी अस्ट्रेलिया पलायन भएका छन्। उनीहरूका साथै करिब ५ दर्जन अन्य खेलाडी अस्ट्रेलिया, न्यूजिल्यान्ड र यूएई पलायन भइसकेका छन्। उनीहरू त्यहीका स्थानीय क्लबबाट फुटबल खेल्दै आएका छन्।

  • सम्बन्धित विषय:

  • # फुटबल