काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आगामी महिला टी-२० विश्वकप तथा महिला एशिया छनोट २०२३ का लागि नेपाली महिला क्रिकेट टोलीको घोषणा गरेको छ।
बिहिवार क्यानले नियमित कप्तान रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्सीय टोली घोषणा गरेको हो।
अगस्ट ३१ देखि ९ सेप्टेम्बरसम्म मलेसियामा आयोजना हुने प्रतियोगिताको लागि क्यानले १६ साउनमा २४ सदस्सीय प्रारम्भिक टोलीको घोषणा गरेको थियो। उक्त टोलीमा रहेकी कृतिका मरासिनी, ज्योती पाण्डे, सरस्वती चौधरी, नेरी थापा, मनिषा चौधरी, सबनम राई, रोमा थापा, कन्चन श्रेष्ठ, सृष्टि जैशी र स्नेहा महरा बाहिरिएका छन्।
प्रतियोगितामा ११ टिम सहभागी हुने छन्। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल रहेको समूह ‘ए’ मा बहराइन, भुटान, मलेसिया, कतार र यूएई छन्।
समूह ‘बी’ मा चीन, हङकङ, कुवेत, म्यानमार र थाइल्यान्ड छन्। समूह चरणमा सबै टोलीले एक अर्कासँग १/१ खेल खेलेपछि दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन्।
त्यसबाट विजेता दुई टोलीले फाइनल खेल्ने छन्। फाइनल पुग्ने दुई टोली ग्लोबल छनोट पुग्नेछन्।
नेपाली टोली :
रुबिना क्षेत्री (कप्तान), सीता राना मगर, इन्दु बर्मा, बिन्दु रावल, कविता कुँवर, कविता जोशी, पुजा महतो, सम्झना खड्का, ईश्वरी विष्ट, काजल श्रेष्ठ, रुवि पौडेर, अप्सरी बेगम, अस्मिना कर्माचार्य, खुशी डंगोल।



