काठमाडौँ । युवा फरवार्ड इर्लिंग हल्याण्ड चम्किँदा साविको विजेता म्यान्चेस्टर सिटीले नयाँ सिजनको प्रिमियर लिगमा विजयी सुरुवात गरेको छ।
गए रातिबाट सुरु भएको नयाँ सिजनको खेलमा सिटीले बर्नलीलाई ३-० गोल अन्तरले हराउँदै शानदार शुरुवात गरेको हो।
म्यानचेस्टर सिटीको जितमा इर्लिंग हल्याण्डले दुई गोल गरेका थिए भने रोड्रीले एक गोल गरेका थिए।
यो दुई गोल सँग हल्याण्डले यूरोपको शीर्ष ५ लिगमा १०० गोल पूरा गरेका छन् । उनले १०३ खेलमा एक सय गोल पूरा गरेका हुन्।
यस खेलमा बर्नलीका अनास जाराओरीले रातो कार्ड पाएका थिए।
जित सँगै सिटी ३ अंक जोड्दै नयाँ सिजनमा सुखद सुरुवात गरेको छ। यता पराजित बर्नलीले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ।



