शुक्रबार, श्रावण २९ गते २०८३
images
images

महिला क्रिकेट टोलीले चार देशको टी२० क्रिकेट सिरिज खेल्ने

एक्सप्रेस पाना
श्रावण २७, २०८० शनिबार
  • 385
    SHARES
  • महिला क्रिकेट टोलीले चार देशको टी२० क्रिकेट सिरिज खेल्ने

    काठमाडौ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले चार देशको टी२० क्रिकेट सिरिज खेल्ने भएको छ।  

    images

    उक्त सिरिज मलेसियामा हुनेछ। जसमा नेपालसहित घरेलु टोली मलेसिया, कुवेत र हङकङ छन्।

    नेपाल क्रिकेट संघ (क्यान)का अनुसार सिरिज अगष्ट २२ देखि २६ सम्म हुनेछ।

    images

    वायुमास ओभलमा पाँच दिन चल्ने सिरिजमा शीर्षस्थानमा रहने दुई टोलीले फाइनल खेल्ने छन् भने दुई टोलीले तेस्रो स्थानको लागि खेल्ने तालिका क्यानले सार्बजनिक गरेको छ ।

    नेपालले पहिलो खेल अगष्ट २२ मा हङकङ, दोस्रो खेल अगष्ट २३ मा कुवेतसँग खेल्न छ भने तेस्रो खेल मलेसियासँग अगस्त २५ मा खेल्ने छ । फाइनल खेल अगस्त २६ मा हुने छ ।

    नेपालले त्यसपछि मलेसियामा नै हुने विश्वकपको एशिया कप छनौट खेल अगस्त २८ देखि सेप्टेम्बर ६ सम्म खेल्ने तालिका रहेको छ ।

    एशिया छनौटमा १२ देशले भाग लिदै छन् । जसमा नेपाल समुह ए मा रहेको छ । समुह ए मा नेपालसहित बहराइन भुटान, मलेसिया, कतार र युएई रहेका छन् । त्यस्तै समुह बी मा चीन, हङकङ, कुवेत, म्यान्मार र थाइल्याण्ड रहेका छन् ।

    दुवै समुहबाट शिर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन् भने फाइनल पुग्ने दुई देश विश्वकपका लागि छनौट हुने छन् ।        

    नेपाली टोलीः
    रुबिना क्षेत्री (कप्तान), सीता रानामगर, इन्दु बर्मा, विन्दु रावल, कविता कुँवर, पूजा महतो, कविता जोशी,, सम्झना खड्का, ईश्वरी विष्ट, काजोल श्रेष्ठ, रुवी पोदार, अप्सरी बेगम, अस्मिना कर्माचार्य, खुशी डंगोल

    May be an image of text that says "CAN T20I WomEn's QUADRANGULAR SERIES 2023, MALAYSIA SCHEDULE 22ND AUG MALAYSIA VS KUWAIT BAYUEMAS OVAL 22ND AUG AUG HONG KONG NEPAL BAYUEMAS OVAL HONG KONG VS KUWAIT BAYUEMAS OVAL 23RD AUG 25TH AUG HONG KONG VS MALAYSIA BAYUEMAS OVAL MALAYSIA vS NEPAL BAYUEMAS OVAL 23RD AUG 26TH AUG KUWAIT NEPAL BAYUEMAS OVAL 3RD 4TH PLACING BAYUEMAS OVAL 24TH AUG BREAK DAY 26TH AUG FINALS 22 AUG 26 AUG QUADRANGULAR SERIES 2023 MALAYSIA POWERED BY: makura #T201WomersSQuadrangularSeries#weCAN"

  • सम्बन्धित विषय:

  • # क्रिकेट