शुक्रबार, श्रावण २९ गते २०८३
images
images

मलाई ओली, देउवा र प्रचण्ड मन पर्दैन : मेयर बालेन शाह

एक्सप्रेस पाना
श्रावण २७, २०८० शनिबार
  • 359
    SHARES
  • मलाई ओली, देउवा र प्रचण्ड मन पर्दैन : मेयर बालेन शाह

    काठमाडौँ । काठमाडौँ महानगरमा मेयर बालेन शाहले नेताहरुलाई व्यंग्य गरेका छन् । शनिबार एक पोष्ट गर्दै बालेनले आफुलाई नेता मन नपर्ने उल्लेख गरेका छन् ।

    images

    कविता शैलीमा एक पोष्ट गर्दै बालेनले केपी ओलीको बोली मन नपर्ने, शेरबहादुर देउवाको टोली मन नपर्ने र प्रचण्डको गोली मन नपर्ने लेखेका छन् ।

    उनले लेखेका छन्- 

    images

    मलाई नेता मनपर्दैन ,
    तिमीलाई नि त मनपर्दैन ,
    मलाई एउटा मन पर्दैन ,
    तिमीलाई यी त मनपर्दैन ,
    तिमीलाई के पि ओलि मनपर्छ ,
    मलाई बोली मन पर्दैन ,
    तिमीलाई शेर बहादुर मन पर्छ ,
    मलाई टोली मन पर्दैन ,
    तिमीलाई प्रचन्ड मनपर्छ ,
    मलाई गोली मन पर्दैन ।
    शान्तिको दशै मनपर्छ, रगतको होली मनपर्दैन ।
    मलाई देश मनपर्छ ,
    तिमीलाई के मनपर्दैछ ?   

  • सम्बन्धित विषय:

  • # बालेन