शुक्रबार, श्रावण २९ गते २०८३
images
images

ला लिगामा रियल म्याड्रिडको विजयी सुरुवात

एक्सप्रेस पाना
श्रावण २८, २०८० आइतबार
  • 256
    SHARES
  • ला लिगामा रियल म्याड्रिडको विजयी सुरुवात

    काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत नयाँ सिजनमा रियल म्याड्रिडले विजयी शुरुवात गरेको छ । 

    images

    गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले एथलेटिक क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै जितबाट सिजनको शुरुवात गरेको हो । 

    रियल म्याड्रिडको जितमा रोड्रीगो र जुडे बेलीङघमले एक एक गोल गरेका थिए ।  रोड्रीले खेलको २८औं मिनेटमा गोल गरेका थिए भने खेलको ३६औं मिनेटमा बेलीङघमले गोल गरेका थिए । यसै सिजनमा रियल म्याड्रिड आएका बेलीङघमको रियलको औपचारिक पहिलो खेलमा नै पहिलो गोल गरेका छन् । 

    images

    रियल म्याड्रिडले ला लिगा अन्तर्गत अब अर्को खेल अगस्त १९ मा अल्मेरियासँग खेल्ने तालिका रहेको छ । 
           

  • सम्बन्धित विषय:

  • # फुटबल