काठमांडौ । जीएम मुभिजको ब्यानरमा चलचित्र ‘घर ज्वाईं’ बन्ने भएको छ।
फिल्मको सुटिङ भने माघबाट गर्नेगरि सबै तयाारि पुरा भएको निर्माता जनक घर्ति मगरले जानकारि दिएका हुन् । माघ तेस्रो साताबाट रुकुममा छायाँकन हुने उनले जानकारी दिए ।
निर्माता घर्ति मगरका अनुसार फिल्मलाइ अनिल बुढामगरले निर्देशन गर्नेछन् भने दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा काउचा आदि कलाकारको अभिनय रहने छ ।
चलचित्रलाई आरआर फिल्म्सले वितरण गर्ने गर्ने सम्झौता भएको निर्माता घर्ति मगरले भर्खरै सार्बजनिक गरेका छन् ।
पछिल्लो समय नेपाली चलचित्र उधोगमा दर्शकले अत्याधिक रुचाएको दया र मिरुनाको जोडीलाई लिएर फिल्म बनाउन लागिएको हो ।
दयाहाङ राई पछिल्लो समयमा निर्माता निर्देशकहरुको खोजिमा पर्ने सुपरस्टार हुन भने दया र मिरुना अभिनित चलचित्रहरु ब्यबसायिक रुपमा सफल हुदै आएका छन ।


