शनिबार, श्रावण ३० गते २०८३
images
images

नेयमार साउदी क्लब अल हिलालमा

एक्सप्रेस पाना
श्रावण २९, २०८० सोमबार
  • 350
    SHARES
  • नेयमार साउदी क्लब अल हिलालमा

    काठमाडौँ । ब्राजिलियन स्टार नेयारले साउदी प्रो लिग क्लब अल हिलालसँग दुई बर्षको सम्झौता गरेका छन् । 

    images

    फ्रेन्च क्लब पिएसजी छोड्ने निश्चित भएपछि अल हिलालले दिएको प्रस्तावलाई नेयमारले स्वीकार गरेका हुन् ।

    अल हिलालले नेयमारका लागि ९० मिलियन युरो तिरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । उनी २०२५ को जुन ३० सम्म अल हिलालमा रहने भएका छन् । 

    images

    त्यस्तै अल हिलालले नेयमारलाई बार्षिक करिब ८० मिलियन युरो पारिश्रमिक प्रस्ताव गरेको बताइएको छ । उनले पिएसजीमा बार्षिक करिब २५ मिलियन युरो पारिश्रमिक लिने गरेका थिए । 

    मिडिया रिपोर्टका अनुसार नेयमारले अल हिलालका लागि आजै मेडिकल गर्ने र साउदी प्रस्थान गर्ने बताइएको छ ।

    अल हिलालले नेयमारलाई यसै साता आफ्ना फ्यानहरु समक्ष प्रस्तुत गर्ने र अल हिलालमा नेयमारले जर्सी नम्बर १० नै लगाएर खेल्ने भएका छन् ।  

    सन् २०१७ मा २२० मिलियन युरोमा पिएसजी गएका नेयमार शुरु देखि नै पोएसजीमा असहज महसुस गरेका थिए । नेयमारको लगातारको इन्जुरीका कारण पनि पिएसजीमा पुरा समय खेल्न सकेका थिएनन् ।

    पिएसजीमा ६ सिजनमा नेयमार कुनै पनि सिजन पुरा खेल खेल्न सकेका थिएनन् । नेयमारले पिएसजीमा अहिलेसम्म १७३ खेलमा ११८ गोल गरेका छन् । जसमा ३ लिग वान, ३ फ्रेन्च सुपर कप, ३ कोपा डे फ्रान्स, २ फ्रान्स लिग कप जितेका थिए ।       

  • सम्बन्धित विषय:

  • # फुटबल