शुक्रबार, श्रावण २९ गते २०८३
images
images

पुलिसलाई हराउदै किंग्स च्याम्पियन

एक्सप्रेस पाना
श्रावण २९, २०८० सोमबार
  • 324
    SHARES
  • पुलिसलाई हराउदै किंग्स च्याम्पियन

    काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउदै आयोजक किंग्स क्लब काठमाडौं दोस्रो संस्करणको किंग्स कप पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

    images

    काठमाडौंको नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको कोर्टमा सोमबार भएको फाइनलमा पुलिसलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो ।

    किंग्सले पहिलो सेट आफ्नो नाममा गर्दा दोस्रो सेट गुमाएको थियो । त्यसपछिको दुवै सेट जित्दै आयोजक टिम च्याम्पियन बनेको हो । 

    images

    किंग्सले पहिलो सेट २५–२३ ले जित्दा दोस्रो सेट १८–२५ ले गुमाउन पुग्यो । त्यसपछिको दुवै सेट किंग्सले २५–१७ र २५–२३ ले जित्न सफल भयो । 

    शनिबार नै तय भएको फाइनल वर्षाका कारण सोमबार मात्रै हुन सफल भयो ।

    च्याम्पियन किंग्सले नगद २ लाख २ हजारसँगै कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । 

    दोस्रो भएको पुलिसले १ लाख १ हजार रुपैयाँ, कप मेडल र प्रमाणपत्र हात पारेको छ । 

    संयुक्त रुपमा तेस्रो भएको नेपाल एपिएफ क्लब र गण्डकी प्रदेशले ७२ हजार ७ सय रुपैया, कप र प्रमाणपत्र पाएको छ ।

    विजयी टोलीलाई नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द, आयोजक किंग्स क्लबका अध्यक्ष अञ्चल शाही लगायतले पुरस्कृत गरे । 

    २३ साउनबाट सुरु भएको प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ ।

  • सम्बन्धित विषय:

  • # भलिबल