काठमाडौँ । राफेल भरानेले गरेको गोल नै निर्णायक बनेको इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले उल्भ्सलाई पराजित गर्दै नयाँ सिजनमा विजयी सुरुवात गरेको छ ।
सोमबार राति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले उल्भ्सलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
म्यानचेस्टर युनाइटेडको जितमा खेलको ७६औं मिनेटमा राफेल भरानेले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले अब अर्को खेल अगस्त १९ मा टोटनह्याम सँग खेल्ने छ ।



