शुक्रबार, श्रावण २९ गते २०८३
images
images

स्वीडेनलाई हराउँदै स्पेन पहिलो पटक विश्वकपको फाइनलमा

एक्सप्रेस पाना
श्रावण ३०, २०८० मंगलबार
  • 389
    SHARES
  • स्वीडेनलाई हराउँदै स्पेन पहिलो पटक विश्वकपको फाइनलमा

    काठमाडौँ । स्पेन महिला फुटबल विश्वकपको फाइनलमा पुगेको छ । 

    images

    मंगलबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा स्पेनले स्वीडेनलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।

    स्पेनको जितमा सलमा सेलेस्ते आयिन्गोनो र ओल्गा कारमोनाले एक एक गोल गरेका थिए । त्यस्तै स्वीडेनका लागि एक गोल रेबेका ब्लोमभिस्टले गरेकी थिइन् ।

    images

    निकै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ गोलरहित बराबरी सकिएको थियो । ,

    खेलको ८२औं मिनेटमा स्पेनका लागि सलमाले गोल गर्दै सुरुवाती अग्रता दिलाइन् ।

    त्यस्तै उक्त गोल गरेको ८ मिनेट पछि स्वीडेनका लागि रेबेकाले गोल गर्दै खेल १-१ गोलको रोमाञ्चक बराबरी अबस्थामा ल्याउन सफल भइन् ।

    तर, त्यस गोल गरेको एक मिनेट बित्न नपाउँदै स्पेनका लागि ओल्गा गोल गरि खेलमा २-१ गोलको अग्रता दिलाईन् । 

    त्यसपछि बाँकी समय थप गोल नहुँदा स्पेन विजयी भयो ।

    योसँगै स्पने पहिलो पटक महिला विश्वकपको फाइनलमा पुगेको छ ।

    स्पेनले सन् १९९१ मा चीनमा भएको विश्वकपदेखि छनोट खेल्न थालेको थियो। तर, त्यसयता आयोजना भएको ५ विश्वकपमा स्पेन छनोट हुन सकेन। स्पेनको यो तेस्रो सहभागिता हो। 

    सन् २०१५ मा क्यानडामा भएको विश्वकपमा डेब्यू गरेको स्पेन समूह चरणबाटै बाहिरिएको थियो। यस्तै, सन् २०१९ मा फ्रान्समा भएको विश्वकपमा भने अन्तिम १६ मा पुगेको थियो। तर, अमेरिकासँग २-१ गोलअन्तरले पराजित हुँदै प्रतियोगिताबाट स्पेन बाहिरिएको थियो। 

    अब फाइनलमा स्पेनले अस्ट्रेलिया र इंग्ल्यान्डबीचको विजेतासँग खेल्ने छ ।

    दोस्रो सेमिफाइनल खेल बुधबार अस्ट्रेलिया र इंग्ल्यान्डबीच हुने छ ।

    त्यसैगरी स्विडेन भने अब तेस्रो स्थानका लागि दोस्रो सेमिफाइनलमा पराजित देशसँग खेल्ने छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # महिला विश्वकप