काठमाडौँ । इन्टर मियामी एमएलएस लिग कपको फाइनलमा प्रवेश गरेको छ।
बुधबार विहान सम्पन्न खेलमा इन्टर मियामीले फिलाडेल्फियालाई ४-१ गोल अन्तरले पराजित गर्दै जारी लिग कपको फाइनलमा पुगेको हो।
इन्टर मियामीको जितमा जोसेफ मार्टिनेज, लियोनेल मेसी, जोर्डी अल्बा र डेभिड रुइजले एक एक गोल गरेका थिए।
लियोनेल मेसीले इन्टर मियामीका लागि गरेको यो नवौं गोल हो। उनले इन्टर मियामीका लागि अहिलेसम्म ७ खेल खेल्दै ९ गोल गरेका छन्।
अब इन्टर मियामी लिग कपको फाइनलमा मोन्टेरे र नाशभिले एफसीबीचको विजेतासँग खेल्ने छ। फाइनल खेल अगस्त १९ मा हुने छ।



