शनिबार, आश्विन २४ गते २०८३
images

महिला विश्वकप : अस्ट्रेलियालाई हराउँदै इंग्ल्यान्ड फाइनलमा, उपाधिका लागि स्पेनसँग खेल्ने

एक्सप्रेस पाना
श्रावण ३१, २०८० बुधबार
  • 379
    SHARES
  • महिला विश्वकप : अस्ट्रेलियालाई हराउँदै इंग्ल्यान्ड फाइनलमा, उपाधिका लागि स्पेनसँग खेल्ने

    काठमाडौँ । महिला विश्वकपको उपाधिका लागि स्पेन र इंग्ल्यान्ड भिड्ने भएका छन्।

    images

    बुधबार स्टेडियम अस्ट्रेलियामा सम्पन्न दोस्रो सेमिफाइनलमा घरेलु टोलीलाई ३-१ गोलअन्तरले हराउँदै इंग्ल्यान्ड उपाधिनजिक पुगेको हो। 

    सन् २०१५ मा क्यानडामा आयोजित विश्वकपमा तेस्रो भएको इंग्ल्यान्ड पहिलोपटक फाइनलमा पुगेको हो।

    images

    इंग्ल्यान्डको जितमा इल्ला टोने, लोरेन हेम्प र एलेसिया रुसो गोल गरे। अस्ट्रेलियाका लागि साम केरले गरेको गोल सान्त्वना मात्र भयो।

    खेलको ३६औँ मिनेटमा इंग्ल्यान्डले टोनेको गोलमार्फत् अग्रता लिएको थियो। पहिलो हाफमा एक गोलले पछाडि रहेको अस्ट्रेलिया खेलको ६३औँ मिनेटमा खेलमा फर्कियो। अस्ट्रेलियाका लागि सामले बराबरी गोल फर्काइन्।

    तर ७१औँ मिनेटमा हेम्पले गोल गर्दै इंग्ल्यान्डलाई जितनजिक पुर्‍याइन्। ८६औँ मिनेटमा रुसोले गोल गर्दै ३-१ गोलअन्तरले इंग्ल्यान्डको जित सुनिश्चित गरिन्।

    कोलम्बियालाई क्वार्टरफाइनलमा पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा पुगेको थियो। अब इंग्ल्यान्डले उपाधिका लागि २० अगस्टमा स्पेनसँग खेल्ने छ। स्वीडेनलाई पराजित गर्दै स्पेन पनि पहिलोपटक विश्वकपको उपाधिनजिक पुगेको हो।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # महिला विश्वकप