शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एएफसी कप छनोट : दोस्रो चरणबाटै बाहिरियो मछिन्द्र

एक्सप्रेस पाना
श्रावण ३१, २०८० बुधबार
  • 335
    SHARES
  • एएफसी कप छनोट : दोस्रो चरणबाटै बाहिरियो मछिन्द्र

    एएफसी कप छनोटमा नेपाली टोली मछिन्द्र फुटबल क्लब भारतको मोहन बंगान सुपर जायन्टसँग पराजित भएको छ।

    images

    यो पराजस सँगै मछिन्द्र छनोटबाट बाहिरिएको छ।

    मछिन्द्र मोहन बगानसँग ३-१ गोलअन्तरले पराजित भएको हो।

    images

    बुधबार भारतको कोलकातास्थित साल्ट लेक स्टेडियममा भएको खेलमा मोहन बगानका लागि अनवर अलीले दुई गोल गरे ।

    उनले खेलको ३८औं र ८६औं मिनेटमा गोल गरेका थिए । मोहन बगानका लागि अर्को एक गोल ५९औं मिनेटमा जासन कुमिङ्सले गरेका थिए ।

    मछिन्द्रका लागि भने एकमात्र गोल खेलको ७८औं मिनेटमा मेसुके ओलुमोउले गरेका थिए ।

    जितसँगै मोहन बगानले प्लेअफमा स्थान बनाएको छ ।

    मोहन बगानले बंगलादेशको ढाका अव्हानी र माल्दिभ्सको इगल्सबीचको खेलको विजेतासँग अगस्ट २२ तारिखमा प्लेअफ खेल्ने छ । उक्त खेलको विजेतालेसाउथ जोनबाट एएफसी कपको समूहगत चरणमा स्थान बनाउने छ ।

    मछिन्द्र नेपालको ‘ए’ डिभिजन लिगको उपविजेता क्लब हो । सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि भने चर्च ब्वाइज क्लबले जितेको थियो ।

    तर, चर्च ब्वाइज क्लबसँग एएफसी क्लब लाइसेन्स नभएकाले मछिन्द्रले लगातार दोस्रो पटक एएफसी कप खेल्ने अवसर पाएको हो । मोहन बगान भने भारतको सुपर लिग च्याम्पियन क्लब हो ।

    मछिन्द्रले पहिलो चरणमा भुटानको पारो एफसीलाई ३-२ गोलअन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको थियो।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # एएफसी कप
  • # मच्छिन्द्र क्लब