शुक्रबार, श्रावण २९ गते २०८३
images
images

सिटीले जित्यो युइएफए सुपर कपको उपाधि

एक्सप्रेस पाना
श्रावण ३२, २०८० बिहीबार
  • 309
    SHARES
  • सिटीले जित्यो युइएफए सुपर कपको उपाधि

    काठमाडौँ । इंग्लिस क्लब म्यानचेस्टर सिटीले युइएफए सुपर कपको उपाधि जितेको छ ।

    images

    गएराती भएको फइनल खेलमा म्यानचेस्टर सिटीले स्पेनिस क्लब सेभियालाई पेनाल्टी सुट आउटमा हराउँदै पहिलो पटक युइएफए सुपर कपको उपाधि जितेको हो ।

    निर्धारित समयमा १-१ को बराबरीमा रोकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । 

    images

    खेलको २५औ मिनेटमा योउसेफ नेसयरीको गोलमा अग्रता लिएको सेभियाले खेलको ६३औ मिनेटमा गोल खाएपछि खेल बराबरी भएको थियो । 

    सिटीका लागि कोल पाल्मरले गोल गर्दै खेल बराबरी गरेका थिए ।

    त्यसपछि भएको पेनाल्टी सुटआउटमा सेभियाले आफ्नो पाँचौं पेनाल्टी मिस गरेपछि सिटीले खेलका साथै उपाधि जितेको थियो ।

    युइएफए सुपर कप गत सिजनमा च्याम्पियन्स लिग र युरोपा लिग विजेताबीच खेलिन्छ । यो उपाधि अहिलेसम्म सबैभन्दा बढी ५/५ पटक बार्सिलोना, रियल म्याड्रिड र एसी मिलानले जितेका छन् । 

  • सम्बन्धित विषय:

  • # फुटबल