शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एन्फाले राष्ट्रिय फुटसल टोली खुला छनोटबाट निर्माण गर्ने

एक्सप्रेस पाना
श्रावण ३२, २०८० बिहीबार
  • 302
    SHARES
  • एन्फाले राष्ट्रिय फुटसल टोली खुला छनोटबाट निर्माण गर्ने

    अखिल नेपाल फुटबल संघ (एन्फा)ले खुला छनोटमार्फत् राष्ट्रिय टोलीको छनोट गर्ने भएको छ। 

    images

    मंगोलियामा आयोजना हुने एएफसी फुटसल एशियन कप छनोट २०२४ मा सहभागिता जनाउनका लागि खुला छनोटमार्फत् राष्ट्रिय टोलि बनाउन लागेको एन्फाले जनाएको छ।

    एन्फाका अनुसार छनोट प्रतियोगिता चन्द्रगिरिस्थित मत्स्या रिक्रिएशन सेन्टरमा हुने छ।

    images

    एन्फाले इच्छुक खेलाडीलाई भाद्र १० देखि १५ सम्ममा दर्ता फारम भर्न भनेको छ। तर, छनोटको मिति भने सार्वजनिक गरेको छैन।

    एन्फाले गत सोमबार गौरव बस्नेतलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो। उनले यसअघि पनि राष्ट्रिय फुटसल टोली हेरेका थिए। यस्तै, सहायक प्रशिक्षकमा भने थमन भुसाल नियुक्त भएका छन्।

    छनोट प्रतियोगितामा सहभागी ३१ टोलीलाई ८ समूहमा विभाजन गरिएको छ। नेपाल समूह ‘डी’ मा रहेको छ। उक्त समूहमा नेपाल र आयोजक मंगोलियासँगै भियतनाम र दक्षिण कोरिया छन्। समूह चरणका खेलहरू आगामी अक्टोबर ७ देखि ११ तारिखसम्म हुने छ। 

    हरेक समूहको शीर्ष दुईमा रहने टोली सोझै एएफसी फुटसल एशियन कपमा पुग्ने छन्।

  • सम्बन्धित विषय:

  • # फुटबल