शुक्रबार, श्रावण २९ गते २०८३
images
images

युरोपको बर्ष खेलाडीमा ब्रुने, हालाण्ड र मेस्सी मनोनयन

एक्सप्रेस पाना
श्रावण ३२, २०८० बिहीबार
  • 386
    SHARES
  • युरोपको बर्ष खेलाडीमा ब्रुने, हालाण्ड र मेस्सी मनोनयन

    काठमाडौँ । यूरोपेली फुटबल महासंघ युइएफए ले प्रदान गर्ने वर्ष २०२२/२०२३ को उत्कृष्ट तीन खेलाडीको मनोनयन सार्वजनिक गरेको छ। 

    images

    युइएफएले सार्वजनिक गरेको मनोनयनमा म्यानचेस्टर सिटीका केभिन डी ब्रुने, सिटीकै इर्लिंग हालाण्ड र हालै पिएसजी छोडेर इन्टर मियामी पुगेका लियोनल मेस्सी रहेका छन्।

    युइएफएले २०२२(२३ मा युरोपियन प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा छानिएका खेलाडीलाई प्रतियोगितामा सहभागी क्लबका प्रशिक्षक, युइएफएका सदस्य देशका प्रशिक्षक र युरोपियन स्पोर्ट्स मिडियाका खेल पत्रकारहरुले गरेको मतदानका आधारमा अन्तिम मनोनयनमा परेका तीन खेलाडीको नाम सार्वजनिक गरेको जनाएको छ।

    images

    यस्तै यस सूचीको चौथो स्थानमा जर्मनीका इके गुनडोगान, पाँचौं स्थानमा स्पेनका रोड्री, छैटौं स्थानमा फ्रान्सका किलियन एम्बाप्पे, सातौं स्थानमा क्रोसियाका लुका मोड्रीच, आठौ स्थानमा क्रोसियाका मार्सेलो ब्रोजोभिक, नवौं स्थानमा इङल्याण्डका डेक्लान राइस र दशौँ स्थानमा अर्जेन्टिनाका एलेक्सिस म्याक अलिस्टर रहेका छन्।

    आगामी अगस्त ३१ मा हुने च्याम्पियन्स लिगको समुह चरणको ड्र समारोहमा अन्तिम तीनबाट उत्कृष्ट खेलाडीले बर्षको युरोपको उत्कृष्ट खेलाडीको अवार्ड पाउने युइएफएले बताएको छ।

    त्यस्तै युरोपको बर्षको उत्कृष्ट प्रशिक्षकमा म्यानचेस्टर सिटीका पेप गोआर्डिओला, इन्टर मिलानका सिमोने इन्जाघी र नापोलीका लुसियानो स्पालेट्टी रहेका छन्।

    May be an image of 3 people, people playing American football and text that says

  • सम्बन्धित विषय:

  • # फुटबल