शनिबार, आश्विन २४ गते २०८३
images

एसिया रग्बी यू-२० सेभेन्स भोलिबाट

एक्सप्रेस पाना
भाद्र १, २०८० शुक्रबार
  • 327
    SHARES
  • एसिया रग्बी यू-२० सेभेन्स भोलिबाट

    काठमाडौं । एसिया रग्वीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापना नेपालमा भोलि शनिवारबाट सुरु हुने रग्बी यू२० सेभेन्सको तयारी पूरा भएको छ।

    images

    नेपाल रग्वी संघले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पूरा भएको जनाएको छ। 

    प्रतियोगिता शनिवार र आइतबार गरि दुई दिनसम्म चल्नेछ।

    images

    यस प्रतियोगितामा नेपालसहित भारत, थाईल्यान्ड, मलेसिया, चाइनिज ताइपेइ, उज्वेकिस्तान र हंकको पुरुष तथा महिला टिमको सहभागिता रहने छ।

    उद्घाटन खेलमा भोलि पुरुषतर्फ नेपालले भारतको सामना गर्नेछ। 

    यस्तै यस प्रतियोगिताको खेलमा करीव २०० जना विदेशी खेलाडी र २५ जना खेल निर्णायकको सहभागिता हुने संघले जानकारि दिएको छ।

  • सम्बन्धित विषय:

  • # रग्बी